Author: admin

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ ।  मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो ।  भनेकै समयमा मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार यति एयरलाइन्सका १० वटा उडान रद्द भएका छन् । काठमाडौँबाट बिरामी बोकेर ओखलढुङ्गा र पोखरा जानुपर्ने हेलिकप्टरले समेत उडान भर्न  पाएनन् । प्रतिकूल मौसमकै कारण बिहीबार नेपाल वायुसेवा निगमका दुई, बुद्ध र समिटको एउटा उडान रद्द भएको विमानस्थल…

Read More

नेपालगञ्ज । नेपालगञ्जमा राजा वीरेन्द्र शाहको शालिक पुर्नस्थापना गर्ने क्रममा अवरोध पुर्‍याइएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् । सालिक स्थापनाको विषयमा नेपालगञ्जमा अप्रिय घटना भएको र त्यो अत्यन्त दुःखदायी भएको शाहको भनाइ छ । ‘इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन्  भन्ने कुरा सबैले बुझ्नुपर्दछ’ शाहका सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  ‘नेपालगञ्जवासी जनताको तर्फबाट बिहीबार बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्रचोकमा स्वतःस्र्फूत सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुरयाइएको घटनाबाट हामी स्तव्ध भएका छौं’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको गौरवमय इतिहासमा हाम्रा…

Read More

झापा । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम सुरु भएको छ । व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा,गुनासो दर्ता,घटना दर्ता शिविर तथा स्थानिय सरकार सञ्चालनसम्बन्धी तालिम विहीबारदेखि सुरु भएको हो । गत मंगलबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरिएको हो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन्। तालिममा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने र विषयविज्ञ विजय तिम्सिनाले सहजीकरण गर्ने सूची छ । शुक्रवारसम्म चल्ने तालिममा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासहित वडाध्यक्ष तथा सदस्यहरुको सहभागीता रहेको छ ।

Read More

झापा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले ती सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो । अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।

Read More

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठनको प्राथमिकताका आधारमा नै काम गरेको बताएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहले प्रहरी प्रमुख फेरिदैमा संगठनको प्राथमिकता नफेरिने भन्दै प्रहरी प्रमुखको प्राथमिकता नै आफ्नो प्राथमिकता भएको बताएका हुन् । अपराध नियन्त्रण गर्ने, वस्तुनिष्ठ अनुसन्धान गर्ने, प्रहरीको मनोबल उच्च गर्ने, प्रहरी समायोजनालाई औचित्यपूर्ण निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै प्रहरीको सेवा घर घरमा पुराउने प्राथमिकताका साथ संगठन अघि बढिरहेको उनले बताए । उनले संगठनको प्राथमिकतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए । निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गर्नु आफ्नो प्राथमिकता रहेको धारणा उनले धारणा राखे। प्रहरीको सरुवा बढुवा राजनीतिक प्रभावमा नहुने भन्दै उनले उत्कृष्टताको…

Read More

झापा । झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड ३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा ८ का १८ वर्षीय समीर मियाँ, सप्तरी टिकुली नगरपालिका ५ का २७ वर्षीय करण महमद, गौरीगञ्ज गाउँपालिका ५ का ओमप्रकाश यादव, एक जना १४ वर्षीय बालक, इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ र अर्का एक १५ वर्षीय बालक रहेका छन्। प्रहरीले झापाका बिर्तामोड, सुरुंगा, अर्जुनधारा, बुधबारेलगायत स्थानबाट चोरी भएका १२ वटा मोटरसाइकलसमेत बरामद गरेको छ। बिहीबार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका मोटरसाइकल…

Read More

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलका क्रममा ज्ञवालीले विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट आउन नसकेको बताए । ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताए । ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताए । सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै वर्तमान सरकार चुनावी सरकार मात्र भएको तर्क गरे।

Read More

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने बिषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो । प्रहरीले स्थीति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

Read More

जनकपुर। मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो। बिहीबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले बाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव आजको बैठकमा पेश गर्ने कार्यसूची पनि रहेको छ।

Read More

कोरियन भाषा परीक्षा आजदेखि सुरु हुँदै छ। परीक्षा तीन दिन सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि सञ्चालन गर्न लागेको हो। परीक्षा असार ३ सम्म सञ्चालन हुने छ। ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा परीक्षा सञ्चालन हुने छ।

Read More