काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक संकटलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलका क्रममा ज्ञवालीले विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट आउन नसकेको बताए ।
ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताए ।
ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताए । सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै वर्तमान सरकार चुनावी सरकार मात्र भएको तर्क गरे।
Facebook Comments Box