Author: admin

काठमाडौं । मधेश आन्दोलन र थरुहट आन्दोलन लगायत बिभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार जसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीले मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयन लगायतका ११ माग बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् । लोसपाले महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगाएतका बन्दीहरुलाई अविलम्व रिहाई गर्न ध्यानाकर्षण गराएका छन् । त्यस्तै संविधान अनुसा जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्व नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालसम्म कायम रहेको कानूनी व्यवस्थालाई निरन्तरता…

Read More

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केही नेताहरुले आफूलाई बद्नाम गर्न खाजेको बताएका छन्। मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजासहित शुभाम्भ एवं शिलान्याश कार्यक्रममा मन्त्री आलेले आफ्नै पार्टीका केही नेताहरुले आफूले धेरै चलखेल गर्यो भनेर आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताए। मन्त्री आलेले आफूलाई पदको कुनै लोभ नभएको भन्दै आफू मन्त्री छाड्न तयार रहेको जिकिर गरे । आफूहरु ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बस्न पाएको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने उनले बताए । उनले वतास समूहबिरुद्धको मुद्दा अघि…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनका लागि नयाँ विकल्प अघि सार्दै सहयोग गर्न महानगरबासीलाई सार्वजनिक रुपमा अपील गरेका छन् । समाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले अब फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताएका छन् । मेयबर साहले नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘यो सबैको लागि निसन्देहः खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौं,’ उनले लेखेका छन्,’कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ…

Read More

काठमाडौं । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति बन्चरेडाँडाका स्थानीयले अस्वीकार गरेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौंको फोहोर फाल्न पुगेका टिपरलाई स्थानीयले अवरोध पुर्याएका हुन् ।  यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो । सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर बिसर्जन गर्न दिने निर्णय गरेको थियो। सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी…

Read More

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। सभामुख अग्नि सापकोटाले बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन्। त्यसपछि प्रतिनिधिसभा बैठक बस्नेछ। आजको प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुनेछ।

Read More

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो । सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर बिसर्जन गर्न दिने भएको हो । सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि…

Read More

काठमाडौं । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले आइतबारको बिदा खारेज गरेको हो। सरकारले जेठ १ गतेदेखि आइतबार पनि बिदा दिएको थियो। आइतबारको बिदा प्रभावकारी नभएको गुनासो आएपछि सरकारले असार १ गतेदेखि लागू नहुने गरी निर्णय लिएको बताइएको छ। उक्त बिदा खारेजीको माग गर्दै सोमबार सर्वोच्चमा रिट परेको थियो।

Read More

काठमाडौं । तत्काल मन्त्रीपरिषद् हेरफेर नहुने भएको छ। बजेटमाथिको मन्त्रालयगत छलफल जारी रहेको भन्दै तत्काल मन्त्री फेर्न नहुने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा देखिएपछि मन्त्रीपरिषद् हेरफेर रोकिएको हो। सोमबार बिहान बसेको गठबन्धनको बैठकमा पनि यस विषयमा कुरा भएको थियो। बैठकमा बजेटमाथिको छलफल चलिरहेका बेला मन्त्री फेर्दा नराम्रो सन्देश जाने भन्दै तत्कालका लागि थाँति राख्ने सहमति बनेको बैठकमा सहभागी जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए। एकीकृत समाजवादीले आफ्ना तर्फबाट सरकारमा पठाइएका मन्त्री फिर्ता बोलाउने निर्णय गर्दै नयाँको नाम प्रधानमन्त्रीसमक्ष पठाएको थियो।

Read More

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन्। मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार एक सार्वजनिक सूचनामार्फत बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको थियो । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद थापाले सहजीकरण गर्नुपर्नेमा अनावश्यकरुपमा नागरिकलाई दुःख दिन लागिएकामा आपत्ति प्रकट गरे । नम्बर प्लेट जडान गर्दा अत्यधिक शुल्क लिइएको, त्यसको गुणस्तर नभएको भन्दै प्रयोगकर्ताले गुनासो गरेका छन् । निजी सवारी साधनमा अनिवार्यरुपमा आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने विभागको…

Read More

काठमाडौं– एमाले सांसद पवित्रा निरौला खरेलले यौन हिंसाका पीडितले न्याय पाउने कुरामा समय सीमा तोकिनु नहुने बताएकी छिन् । उनले यौन हिंसाविरुद्धको केही ऐनलाई संसोधन गर्न संसदमा प्रस्तुत विद्येयकको छलफलमा भाग लिँदै सरकारको ध्यानाकर्षण गराएकी हुन्। ‘पीडितलाई आफू पीडामा परेको कुरा बाहिर ल्याउन कठिन हुन्छ,’ सांसद खरेलले भनिन्, ‘समाज संस्कार र परिवारको डर हुन्छ । उजुरी गर्दा समाजले उल्टै लान्छना लगाउने हुन्छ । विवाह नहुने डर परिवारबाट अलग हुने डर । त्यसकारणले पीडितले न्याय पाउने कुरामा समय सिमा तोकिनु हुदैन । पीडितका पीडा बाहिर ल्याउन हदम्याद बाधक बन्नु हुँदैन । समयले अपराधबाट उन्मुक्ति पाउनु हुँदैन ।’ पीडितहरू आफ्नै शिक्षक, हाकिम, मालिकबाट…

Read More