काठमाडौं । तत्काल मन्त्रीपरिषद् हेरफेर नहुने भएको छ।
बजेटमाथिको मन्त्रालयगत छलफल जारी रहेको भन्दै तत्काल मन्त्री फेर्न नहुने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा देखिएपछि मन्त्रीपरिषद् हेरफेर रोकिएको हो।
सोमबार बिहान बसेको गठबन्धनको बैठकमा पनि यस विषयमा कुरा भएको थियो।
बैठकमा बजेटमाथिको छलफल चलिरहेका बेला मन्त्री फेर्दा नराम्रो सन्देश जाने भन्दै तत्कालका लागि थाँति राख्ने सहमति बनेको बैठकमा सहभागी जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए।
एकीकृत समाजवादीले आफ्ना तर्फबाट सरकारमा पठाइएका मन्त्री फिर्ता बोलाउने निर्णय गर्दै नयाँको नाम प्रधानमन्त्रीसमक्ष पठाएको थियो।
Facebook Comments Box