Author: admin

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बैठक सुरु हुँदैछ। बैठकमा संघ र प्रदेशको निर्वाचनका सम्बन्धमा छलफल गर्ने तयारी रहेको छ। यसबाहेक मन्त्रीपरिषद् हेरफेरबारे पनि छलफल हुने बताइएको छ।

Read More

झापा । झापाको बिएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने भएको छ । मोरङको नोबेल मेडिकल कलेजले पनि स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिएण्डसी र नोवेलले स्वास्थ्य बीमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएका हुन् । उनीहरुले २०७८ मंसिरपछि बिमा वापतको रकम नपाएको जनाएका छन् । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा बापतको ४५ करोड रुपैयाँ भन्दा बढि र नोबेलको ५४ करोड भन्दा बढि रुपैयाँ लिन बाँकी रहेको जानकारी दिए । यसअघि १५–१५ दिनमा भुक्तानी गर्ने भनिएपछि अझै पनि बीमा वापतको रकम…

Read More

झापा । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवरका अनुसार ४ जना पुरुष र ७ जना महिलालाई पक्राउ गरिएको हो। अध्यक्ष शिवाकोटी तथा वरिष्ठ उपाध्यक्ष न्यौपानेसहितको टोलीले बिर्तामोड नगरपालिकाको कार्यालय भित्र प्रवेश गरेर हुलदंगा गर्न खोज्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै नगरभित्र प्रवेश गर्न खोजेपछि उनीहरुसहित ११ जनालाई नियन्त्रणमा लिएको डिएसपी कुँवरले जानकारी दिए । दुई दिनअघि मात्रै सर्वदलीय बैठकका क्रममा वाणिज्य…

Read More

काठमाडौं । वायुसेवा  सञ्चालक  सङ्घ  नेपालले  बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान चालु राख्ने सहमति भएको हो । राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो ।  वायुसेवा कम्पनीले पूर्वसूचनासमेत नदिई हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुमा अन्योल थपिएको थियो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका…

Read More

काठमाडौं । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकीका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही, मधेस प्रदेश, र गण्डकी प्रदेशका…

Read More

काठमाडौं। लेवनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आज त्यहाँका प्रधानमन्त्री नजिव आजमी मिकातीसहितका उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेका छन्। प्रधानसेनापति शर्माले आजै त्यहाँका रक्षामन्त्री मौरिस स्लीम, सभामुख नबिह बेरी र लेवनानका सैनिक कमाण्डर जनरल जोसेफ खलिल आऊनसँग शिष्टाचार भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त भेटघाटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल भएको बताइएको छ। प्रधानसेनापति शर्मा यही असार ४ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन्।

Read More

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिनु संविधानसम्मत भएको बताएका छन्। ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले मागेको लिखित जवाफमा ओलीले यस्तो उल्लेख गरेका छन्। ‘यो विषय संविधान, सरकारको निरन्तरता र संसदीय प्रणालीको विरुद्धमा छ’ लिखित जवाफमा ओलीले भनेका छन्, ‘राज्यका प्रमुख पदमा रहेका व्यक्तिलाई प्रत्येक विषयको मुद्दामा व्यक्तिगत उत्तरदायी बनाई वर्षभरीमा सयौं मुद्दामा लिखित जवाफ माग्ने जस्तो अविवेकी प्रणाली अन्त्य हुनु पर्दछ ।’ यसबाहेक उनले संवैधानिक परिषदमा रहेका सदस्यहरुको पद रिक्त भएको वा सदस्यहरुले आफ्नो संवैधानिक दायित्व पूरा नगरी संवैधानिक नियुक्तिमा वाधा अड्चन ल्याउने कार्य भै रहेको सन्दर्भमा गणपुरक संख्या हेरफेर हुने गरी जारी…

Read More

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुराएको आरोप लगाएका छन् । मंगलवार काठमाडौंमा पूर्व राजदूतहरुको समूहले आयोजना गरेको अन्तक्रियामा ओलीले राष्ट्रियताका बिषयमा उठेका बिषयमा सरकारले प्रतिपक्ष कुनै छलफल नगरेको बताउनु भएको हो । प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका बिषय लोकतन्त्रमा हुन नसक्ने उनले बताए। उनले अबको समय निषेधको नभइ सहकार्यको राजनीति हुनुपर्नेमा जोड दिए । ओलीले देशको बिकास र देशले स्वीकार्यको नीति अनुसार नै अन्य देशहरुसंगको सम्बन्ध अघि बढनुपर्ने र त्यसका लागि दलहरुबीच पनि एकता हुनुपर्ने बताए । ओलीले…

Read More

काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाईसेवा शुल्क बृद्धि लगायतका माग राख्दै बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने जनाएका छन् । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न नदिने निणर्य फिर्ता हुनुपर्ने लगाएतका ५ बुँदे माग राख्दै बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने जनाएका हुन् । उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न बन्द गरेकाले बिरोधमा उत्रनुपरेको संघका अध्यक्ष रामेश्वर थापाले जानकारी दिए । अत्यावश्यक सेवा बन्द गर्ने मनसाय नभएपनि सरकारी निणर्यले बाध्यात्मक अवस्था सिर्जना भएको उनको…

Read More

सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले नयाँ पार्टीको नाम उद्घोष गरेका छन्। लामिछानेले आज एक कार्यक्रमका बीच राष्ट्रिय सभा गृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्।

Read More