Author: admin
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गरेका छन् । सोमबार सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि मात्रै गठबन्धन बनेको भन्दै गठबन्धनले चुनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गरेका हुन् । अध्यक्ष ओलीले गठबन्धनले जिते फेरि राजनीतिक अस्थिरता हुने भन्दै राष्ट्रियता, बिकास र स्थिरताका लागि एमालेको जीत आवश्यक रहेको धारणा राखे । त्यस्तै उनले गठबन्धन देशका लागि अभिसाप भएकोले आगामी निर्वाचनबाट फाल्ने बताए । ओलीले वर्तमान गठबन्धनको सरकारले मुलुकको आर्थिक व्यवस्थालाई तहसनहस पारेको जिकिर गरे । उनले बिगतमा गरेका काम र वर्तमानका साथै भविष्यको…
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जीत आवश्यक रहेको बताएका छन् । सोमबार मकवानपुर क्षेत्र नं १ को पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गदैं लिङ्देनले पुराना दलहरुका कारण मुलुकको व्यवस्था नै असफल भएको भन्दै अव मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जीत आवश्यक रहेको बताएका हुन् । उनले ठूला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न आग्रह गरे । लिङ्देनले अहिलेसम्मका निर्वाचनमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकै कारण दुःख पाएको भन्दै यसपटक मतदाताहरु सचेत रहनुपर्ने धारणा राखे । उनले कांग्रेस,…
काठमाडौं । सर्वोच्च अदालतले ललितपुर ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने आदेश दिएको छ । यसअघि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि सर्वोच्चले अन्तरिम आदेश दिँदै उम्मेदवारी कायम गरेको थियो । तर निर्वाचन आयोग सर्वोच्चको त्यो अन्तरिम आदेश खारेजीको माग लिएर फेरि सर्वोच्च पुगेको थियो । सोमबार सर्वोच्चले यसअघिकै अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगको निवेदनमाथि सुनुवाइ गर्दै डा. कार्कीको उम्मेदवारी कायम राखेको हो । यो क्षेत्रमा सत्ता गठबन्धन पम्फा भुसाल र एमालेबाट अमृत खड्का उम्मेदवार छन् ।
काठमाडाैं । नेकपा एमालेबाट गोरखा क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ । पालुङटार नगरपालिका-७ स्थित म्यांगाे रिसोर्ट आइतबार राति खाना खाइरहेका बेला अब्दुसकाे एक टाेलीमाथि ५ जनाकाे समूहले आक्रमण गरेकाे हाे । आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्त हरि काफ्ले गम्भीर घाइते भएका छन् । टाउकोमा चाेट लागेर गम्भीर घाइते भएका काफ्लेलाई काठमाडौं पठाइएको छ ।आक्रमणकारीले होटलको टेबुल, कुर्सी समेत तोडफोड गरेका अब्दुसले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आक्रमण गर्ने समूहका ३ जनालाई प्रहरी पक्रेकाे र ३ जना फरार रहेका उनले उल्लेख गरेका छन् । ‘गोरखामा हाम्रो टीममाथि खाना खाँदै गरेको अवस्थामा आक्रमण भएको छ, प्रहरीले २ जनालाई पक्राउ गरेको…
काठमाडाैँ । आज विश्व मधुमेह दिवस, यस अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । यस वर्षको मधुमेह दिवसको नारा एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने रहेको छ । विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान छ । डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण हाम्रो जीवनशैलीलाई…
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले झापा ३ मा भएका विकासका काम आफूले गरेको भन्ने प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रचार खारेज गरिदिएको दाबी गरेका छन् । झापाको भद्रपुरमा शनिवार पत्रकार सम्मेलन आयोजना गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले सिटौलाको प्रचार केवल दुस्प्रचार मात्र भएको बताए । झापाको क्षेत्र नं ३ मा भएका विकास निर्माणका काम सिटौलाले ‘मैले गरेको’ भन्ने प्रचार मतदातालाई झुक्याउनका लागि गरिएको प्रचार भएको लिङ्देनको आरोप थियो । केही दिन अघि आफ्नो क्षेत्रमा नेपाली कांग्रेसको नेतृत्वमा आदिवासी जनजाति महासंघको कार्यक्रममा आफूमाथि गम्भीर लाञ्छना लगाउने किसिमको…
काठमाडौं । हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उक्त हत्यामा लागू औषध तस्करहरु संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् । गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।
काठमाडौं । आइसल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरे । राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल)ले गत बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको थियो ।
काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन् । ‘संघीयताका बारेमा त मैले भन्ने गरेकै छु, संघीय देशमा आर्थिक रुपमा, सामाजिक रुपमा भूराजनीतिक रुपमा देशको अखण्डताको लागि घाँडो हो, सकभर छिटो खारेज गर्नुपर्छ,’ सभामा उनले भने । देश कस्तो बनाउने भन्ने नेतृत्वमा परिकल्पना चाहिने बताएका उनले देशमा भएका भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सकेमा आर्थिक विकास सम्भव रहेको बताए । भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम गर्न सक्ने बाह्य लगानी आउनेसमेत मिश्रको दाबी छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा शक्तिमा आएपछि भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन् । शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका हुन् । उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको बताए । उनले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्ने बताए । अध्यक्ष लिङ्देनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे । उनले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम…