काठमाडाैं । नेकपा एमालेबाट गोरखा क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ ।
पालुङटार नगरपालिका-७ स्थित म्यांगाे रिसोर्ट आइतबार राति खाना खाइरहेका बेला अब्दुसकाे एक टाेलीमाथि ५ जनाकाे समूहले आक्रमण गरेकाे हाे ।
आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्त हरि काफ्ले गम्भीर घाइते भएका छन् । टाउकोमा चाेट लागेर गम्भीर घाइते भएका काफ्लेलाई काठमाडौं पठाइएको छ ।आक्रमणकारीले होटलको टेबुल, कुर्सी समेत तोडफोड गरेका अब्दुसले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
आक्रमण गर्ने समूहका ३ जनालाई प्रहरी पक्रेकाे र ३ जना फरार रहेका उनले उल्लेख गरेका छन् । ‘गोरखामा हाम्रो टीममाथि खाना खाँदै गरेको अवस्थामा आक्रमण भएको छ, प्रहरीले २ जनालाई पक्राउ गरेको छ, बाँकी ३ जना फरार भएका छन्’-अब्दुसले लेखेका छन् ।
Facebook Comments Box