Author: admin
काठमाडौं । हाल देशका प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ । आज (शुक्रबार) बिहान देशका प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी भू-भागमा भने आंशिकदेखी समानाय बदली रहेको छ। साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही…
काठमाडौं । देशका सबै स्थानीय तहहरुले आज शुक्रबार बजेट ल्याउँदैछन् । स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट शुक्रबार आ–आफ्नो सभामा प्रस्तुत गर्नेछन् । कतिपय स्थानीय तहले भने बुधबार बिहीबार नै बजेट ल्याइसकेका छन् । नेपालको संविधानले जेठ १५ गते संघिय सरकारको बजेट, असार १ गते प्रदेश सरकारको बजेट र असार १० गते स्थानीय सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार शुक्रबार देशका प्राय सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने पहिलो वर्ष हो । त्यसैले चुनावमा गरेको वाचा पूरा गर्ने पहिलो बजेट ल्याउन उनीहरु उत्साहित छन् ।…
झापा । नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको घरमा कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ। शुक्रबार बिहान त्यस्तो बस्तु आफ्नो घरको मूल गेट नजिक त्यस्तो बस्तु भेटिएको कार्कीले बताएका छन्। झापाको गौरादह नगरपालिका ३ मा रहेको आफ्नै घरमा शंकास्पद बस्तु भेटिएको र सोको बारेमा सुरक्षा निकायमा खबर गरिसकिएको कार्कीले बताए। आफू र परिवारका सदस्य घरमै सुरक्षित रहेको उनले जानकारी दिए।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेर्ने निर्णय छिटै कार्यान्वन हुने जनाएको छ । बिहीबार काठमाडौंमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गरे । उनले केही दिनहरु नभइ घण्टाहरुको अन्तरमा मन्त्री हेरफेरमा लागेको बताए । प्रवक्ता खतिवडाले पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको जिकिर गरे । खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै एक व्यक्तिको सर्तले असर नपर्ने बताए । बैठकमा शुक्रबारबाट सुरु हुने पोलिटब्यूरो बैठक, ११ गते केन्द्रीय कमिटी र १३ र १४ केन्द्रीय परिषद्को बैठकका बिषयमा छलफल भएको थियो ।
काठमाडौं । न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन प्रकरणको बिषयले सदनमासमेत प्रवेश पाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको बिशेय समयमा सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको बिषय सार्वजनिक भएपछि नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद् भएको बताइन् । उनले उक्त घटनाले मुलुकको न्यायालयको अवस्था छर्लङ्ग पारेको समेत बताइन् । राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको उनले आरोप लगाइन् । आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमूक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै उनले सदनको ध्यानाकर्षण गराइन् । यस्ता गम्भीर विषयमा सबै सांसदहरु, सरकार र प्रतिपक्षको…
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ। सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो। यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै। गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन्, भन्छन्, ‘सीमा क्षेत्रमा तारबार गरिएका बारे जिल्ला प्रशासन कार्यालय गोरखामा कुनै पनि जानकारी छैन र समन्वय पनि गरिएको छैन। यता परराष्ट्र मन्त्रालय पनि यो विषयमा आंशिक मात्रै जानकार देखिन्छन्। परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल दशगजा क्षेत्र छाडेर तारबार वा अन्य संरचना निर्माण गर्न पाउने…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानरवासीलाई आग्रह गरेको छ । काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको छ ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाका अनुसार पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको हो । पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ । त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा वाग्मती प्रदेशका काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप…
झापा । बुधबार दिउँसो प्रहरी नियन्त्रणमा परेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी तथा बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित ११ जना बिर्तामोडका व्यापारी रिहा भएका छन्। नियन्त्रणमा लिइएको ६ घण्टापछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई बिर्तामोड नगरपालिकाको गेटबाट बुधबार दिउँसो साँढे १ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो। बुधबार साँझ साँढे सात बजे उनीहरूलाई रिहा गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए। बिर्तामोडको बुधबारे हटियाका व्यापारीलाई विद्युत मिटर उपलब्ध गराउनका लागि नगरपालिकाको सिफारिस चाहियो भन्दै संघका अध्यक्ष तथा बरिष्ठ उपाध्यक्षसहितको टोली विगत केही दिनदेखि आन्दोलित थियो। बुधबार दिउँसो नगरपालिका गेटमा तैनाथ सुरक्षाकर्मीको घेरा…
काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले १० वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताएकी छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले त्यसो गर्न नसकेको खण्डमा सजाय र जरिवानालाई निकै कडा बनाउनुपर्ने बताइन्। उनले कानून बनाएपनि कार्यान्वयन फितलो हुने गरेको उल्लेख गर्दै कानून कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘कानून बनाउँछौ, कार्यान्वयन फितलो हुने गरेको छ। दश वर्षभन्दा तलको बालिकाको हकमा बालिकाहरुलाई जर्बजस्ती बलात्कार गर्नेहरुलाई त मृत्युदण्ड दिनुपर्छ। मेरो व्यक्तिगत विचार। यो विषयमा कडा भन्दा कडा कानून हुनुपर्छ। कैद र जरिवाना दुवै राख्नुपर्छ। कडाभन्दा कडा सजाय