झापा । नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको घरमा कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ।
शुक्रबार बिहान त्यस्तो बस्तु आफ्नो घरको मूल गेट नजिक त्यस्तो बस्तु भेटिएको कार्कीले बताएका छन्।
झापाको गौरादह नगरपालिका ३ मा रहेको आफ्नै घरमा शंकास्पद बस्तु भेटिएको र सोको बारेमा सुरक्षा निकायमा खबर गरिसकिएको कार्कीले बताए।
आफू र परिवारका सदस्य घरमै सुरक्षित रहेको उनले जानकारी दिए।
Facebook Comments Box