Author: admin
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी पोेलिटब्युरो गठनको प्रस्तावसँगै सदस्यहरूको सूची वाचन गर्दा आफ्नै परिवारबाट चारजना राखेको खुलेको छ । प्रचण्ड, उनकी छोरी रेनु दाहाल, बुहारी बिना मगर र भाइ नारायण दाहाललाई १२५ सदस्यीय पोलिटब्युरोमा उनले अटाए । यसरी परिवारबाट चार जना पर्दा माओवादी द्वन्द्वकालदेखि नै सक्रिय रहेर स्थापित भएका महिला नेतृ भने १२५ जनामा अटाउन सकेनन् । यसका उदाहरण हुन कर्णालीको सुर्खेतकी सिता नेपाली र खोटाङकी संगिता कार्की । सिता नेपाली संविधासभा सदस्य, कर्णाली प्रदेशकी मन्त्री र माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतसमेत भइसकेकी नेतृ हुन् । उनी द्वन्द्वकालमै स्थापित…
काठमाडाैं । सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधि सभाबाट पारित भएकाे छ । बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक सर्वसम्मतिले पारित गरेकाे हाे । बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले निर्णयार्थ पेस गर्नुभएकाे प्रस्ताव सर्वसम्मतिले पारित भएकाे हाे । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरियाेस् भनि प्रस्ताव पेस गरेका थिए । त्यसपछि सभामुखले निर्णयार्थ पेस गरेका थिए । त्यसअघि सभामुख सापकाेटाले साे विधेयक सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
झापा । झापाको सीमावर्ती बजार काँकरभिट्टामा सुपारी तस्करीको विषयमा दुई सुरक्षा निकायबाट खटिएका प्रहरी कर्मचारीबीच विवाद भएका खबर बिहीबार बिहान एक्कासि सञ्चारमाध्यममा आए। सुपारी तस्करी गरेर भारतीय बजार पानीट्यांकी लैजाने क्रममा सुपारीको पोका खोसाखोस हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा धकेलाधकेल भएको खबर सार्वजनिक भएकाे हाे। तर प्रशासनका अनुसार त्यहाँ सामान्य विवाद चाहिँ भएको हो। विवाद बुधबार दिउँसै काँकरभिट्टामा नभएर नकलबन्दाभन्दा दक्षिणपट्टि मेची खोला किनारमा भएको प्रहरीको भनाइ छ। बुधबार दिउँसो दुईजना भारतीय नागरिकले दुई पोका बोकेर मेची खोला तर्ने क्रममा नेपाल प्रहरीका जवानले दुई पोका सुपारी समातेका थिए। पछि ‘पोका मैले समातेको’ भनेर ‘क्रेडिट’ लिनका लागि सशस्त्र प्रहरी…
काठमाडाैँ । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। इस्लाम धर्मालम्बीहरूको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने घाेषणा गरिएकाे हाे। सरकारले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो।
काठमाडौं । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो । एसएसपीहरु बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदीप गिरि, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेश राज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई डीआईजीमा बढुवा सिफारिस गरिएको थियो । सिफारिस अनुसार डीआईजीमा बढुवा भएका १७ जनाले नै आइतबार डीआईजीको दर्ज्यानी चिन्ह (फुली) लगाए । उनीहरुलाई प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंहले दर्ज्यानी चिन्ह प्रदान गरी डीआईजीको…
काठमाडौं । अर्थमन्त्री शर्मा विवादै विवादमा परेर एक वर्ष पुग्न सात दिनअघि पदबाट बाहिरिनु परेको छ। कार्यकालभरि काण्डै काण्ड मच्चियो। उनी २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए। माओवादी केन्द्रका शक्तिशाली नेताका रूपमा परिचित शर्माले मन्त्री हुनासाथ अर्थ मन्त्रालयमा कर्मचारी यताउता गरे। अर्थसचिवदेखि भन्सार विभाग र आन्तरिक राजस्व विभागका साथै मन्त्रालयका शक्तिशाली महाशाखामा कर्मचारी हेरफेर गरे। उनले मधुकुमार मरासिनीलाई साउन १२ मा अर्थसचिव बनाए। भन्सार विभागका नारायण सापकोटा र आन्तरिक राजस्व विभागमा शोभाकान्त पौडेललाई ल्याए। त्यसपछि उनी अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट प्रतिस्थापन गर्न लागे। उनले भदौ २५ गते जनताभन्दा निश्चित व्यापारिक घरानालाई फाइदा हुने…
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सुझाव दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ । आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी मंसिर २२ गते पूरा हुने निश्कर्ष निकालेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुने…
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मंगलबार मात्रै ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा संगीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् । उनका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् । विगत २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई , भेन्टिलेटरमा एक र दुई जनाको…
काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई लिएर संसदीय छानविन समिति गठन भएसँगै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। अर्थमन्त्री शर्माको विषयलाई लिएर चौतर्फि विरोध भइरहँदा छानविन समिति नै बनाएर अघि बढ्न दलहरु सहमत भएका थिए। लगत्तै प्रतिनिधि सभालाई सम्बोधन गर्दै शर्माले राजीनामाको घोषणा गरेका हुन्।