काठमाडाैं । सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक सर्वसम्मतिले पारित गरेकाे हाे । बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले निर्णयार्थ पेस गर्नुभएकाे प्रस्ताव सर्वसम्मतिले पारित भएकाे हाे ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरियाेस् भनि प्रस्ताव पेस गरेका थिए । त्यसपछि सभामुखले निर्णयार्थ पेस गरेका थिए ।
त्यसअघि सभामुख सापकाेटाले साे विधेयक सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
Facebook Comments Box