काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी पोेलिटब्युरो गठनको प्रस्तावसँगै सदस्यहरूको सूची वाचन गर्दा आफ्नै परिवारबाट चारजना राखेको खुलेको छ ।
प्रचण्ड, उनकी छोरी रेनु दाहाल, बुहारी बिना मगर र भाइ नारायण दाहाललाई १२५ सदस्यीय पोलिटब्युरोमा उनले अटाए ।
यसरी परिवारबाट चार जना पर्दा माओवादी द्वन्द्वकालदेखि नै सक्रिय रहेर स्थापित भएका महिला नेतृ भने १२५ जनामा अटाउन सकेनन् । यसका उदाहरण हुन कर्णालीको सुर्खेतकी सिता नेपाली र खोटाङकी संगिता कार्की ।
सिता नेपाली संविधासभा सदस्य, कर्णाली प्रदेशकी मन्त्री र माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतसमेत भइसकेकी नेतृ हुन् । उनी द्वन्द्वकालमै स्थापित नेतृ हुन् । प्रचण्डले आफ्नी छोरी र बुहारीलाई पोलिटब्युरो सदस्यमा ल्याउँदा सिता नेपाली रोजाइमा परिनन् । उता खोटाङकी कार्की पूर्व क्षेत्रकै सिनियर महिला नेतृ हुन् । उनी पनि प्रचण्डको १२५ सदस्यीय लिस्टमा अटाइनन् ।
माओवादी केन्द्रमा प्रचण्डले परिवाद लादेकाे घटना यसअघि देखिएका थिए । मन्त्री बनाउँदा, राजदूत नियुक्त गर्दा हाेस् वा राष्ट्रिसभामा उम्मेदवार बनाउँदा प्रचण्डले परिवारकै मान्छेलाई प्राथमिकता दिने गरेकाे प्रसस्तै उदाहरण छन् ।