विर्तामोड । विगत २३औं हप्तादेखि सरसफाई हुँदै आएको बिर्तामोडमा सरसफाई अभियान संगसंगै केही दिन अघिबाट बिजुलीको पोलहरुमा हरियो रङ्ग लगाउँदै विर्तामोडलाई हरित नगरको रूपमा परिणत गर्नका निमित्त युवा अघि बढेका छन् ।

केही दिन अघि मनिस आइरन स्टोर, उद्योग वाणिज्य संघ र पुजा इलेक्ट्रोनिबाट सहयोग स्वरुप हरियो रङ्ग बिर्तामोड सरसफाई समितिलाई हस्तान्तरण गरिएको थियोे । वातावरणमैत्री हरियो रंग लगाई सर्वसाधारण तथा व्यापरीहरुलाई सांकेतिक दबाब एवम् पोलमा जथाभावी पर्चा लगाउने कार्यलाई रोक्नको निम्ति उक्त कार्य थालिएको बिर्तामोड सरसफाई समितिका सह–संयोजक हैकम घिसिङले बताए ।
बिर्तामोड नगरपालिका अझै मौन बसेकोले युवाको सहभागितामा सरसफाई समितिले फरक ढङ्गले कार्यक्रम गरेको समितिका सचिव सरोज सत्यालले बताए।

विर्तामोड नगरपालिकाले अभिभावकको भूमिका खेलेर अभियानलाई प्रभावकारी ढंगले अगाडी बढाउनु पर्नेमा त्यसको ठिक विपरित नगरपालिकाले गैर जिम्मेवारीपन देखाएकाले अभियानमा सहभागी युवालाई दुखित तुल्याएको समितिका संयोजक सागर पौडेलले बताए ।