विर्तामोड । प्रदेश १ सरकारले ‘मुख्यमन्त्री उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले उक्त कार्यक्रम सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
कोरोना भाइरसका कारण रोजगारी गुमाएका तथा आफ्नै लगानीमा व्यवसाय सुरु गर्न नसक्ने युवा, वैदेशिक रोजगारीबाट फर्किएका र अति विपन्न तथा व्यवसाय बन्द गर्नुपर्ने बाध्यतामा परेकाहरुलाई प्रत्यक्ष लाभ प्रदान गर्ने संघ, प्रदेश र स्थानीयतह तथा विकास साझेदारहरुसँगको साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिने मन्त्री लिम्बुले बताए ।
Facebook Comments Box