काठमाण्डौ । मनसुन थप सक्रिय भएकाले देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मनसुन बुलेटिन जारी गर्दै भारतको झारखन्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको जनाएको हो ।
यसका कारण आज दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही ठाउँमा भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।
यी प्रदेशका पहाडी ठाउँमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मौसमविद्ले अबको तीन दिन लगातार पानी पर्ने पूर्वानुमान गरेका छन् ।
Facebook Comments Box