विराटनगर। प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
जेठ २७ गते बिहीबार प्रदेश प्रमुख सोमनाथ प्यासीले सभामा पेश गरेको सरकारको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको हो ।
योसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ। सरकारले असार १ मा बजेट प्रदेशसभामा पेश गर्नेछ ।
सरकारको नेतृत्व गरिरहेको एमाले विभाजित भएपनि नीति तथा कार्यक्रम पारित गर्ने विषयमा भने एक ढिक्का भएको हो ।
Facebook Comments Box