काठमाडौं। गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन ऐन ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए।
‘पूर्वप्रधानमन्त्रीलाई संघमा के व्यवस्था छ त्यो अध्ययन गर्ने अनि हामीबीच सल्लाह गरेर पदको सम्मान कायम रहने कुरा भएको छ,’ उनले भने।
गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मन्त्रिपरिषदमा चार जना मन्त्री छन्।
Facebook Comments Box