काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट नवनियुक्त मुख्यमन्त्री पोखरेलले शपथ लिएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले प्रदेशसभाका ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बिहीवार मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेका थिए। उनलाई कांग्रेसबाहेक माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र एक सांसदले साथ दिएका छन् ।
यसैबीच मुख्यमन्त्री पोखरेलले ५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । उनले काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई मन्त्री बनाएका छन्। उनीहरुलाई समे प्रदेश प्रमुख पौडेलले शपथ ग्रहण गराएकी छन्।
यद्यपि, उनीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन।