
शान्तिनगर। झापा लगायत मुलुकका बिभिन्न ठाउँमा उत्पादन हुने सुपारीको गुणस्तरिय उत्पादन र बजारीकरणमा सरकारले सहयोग नगरेको आज सम्पन्न एक कार्यक्रमका बक्ताहरुले बताएका छन । नेपाल सुपारी खेति बिकास संस्थाको पाँचौ साधारण सभामा बोल्ने बक्ताहरुले निति निर्माण तहमा रहेका ब्यक्तिहरुले नेपालमा उत्पादन हुने सुपारीका बारेमा सकारात्मक सोच नराखेका कारण किसान समस्यामा परेको बताएका थिए ।
कार्यक्रममा बोल्दै झापा क्षेत्र नं. १ का निर्वाचित सांसद रबिन कोईरालाले सरकारको उपल्लो तहमा रहेका केही ब्यक्तिहरुलाई नेपालमा सुपारी उत्पादन हुने कुराको जानकारी समेत नभएको आरोप लगाएका छन । सांसद कोईरालाले सरकारी निकायका ब्यक्तिहरुलाई बिदेशबाट आयात हुने सुपारीका बारेमा राम्रो जानकारी भए पनि हाम्रै देशको सुपारी निर्यात गरेर किसानलाई आर्थिक सम्बृद्धिको बाटोमा लान सकिने बिषयमा भने कुनै जानकारी नरहेको बताए ।
नेपाल सुपारी खेति बिकास संस्थाका अध्यक्ष देवी खतिवडाको सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष तथा पुराना सुपारी किसान दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार चन्द्र भण्डारी, केन्द्रीय सुपारी सहकारी संघका अध्यक्ष लय भण्डारी, नेकपा माओबादी केन्द्रका झापा अध्यक्ष बिजय साम्पाङ्ग र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्काले शुभकामना मन्तब्य राखेका थिए ।
शान्तिनगर–१ स्थीत टिमाईमा सम्पन्न साधारण सभामा संस्थाका महासचिब निलकण्ठ तिवारीले रचना गरेको किसानको गित नामक गिति संग्रह समेत बिमोचन गरिएको थियो ।
सुपारी खेती बिकास संस्थाका उपाध्यक्ष शेखरनाथ अधिकारीले स्वागत गरेको कार्यक्रम संस्थाका महासचिब निलकण्ठ तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो । आज सम्पन्न साधारण सभाको बन्द सत्रले संस्थाको बिधान लगायत अन्य बिषयमा छलफल गरी बिभिन्न निर्णयहरु गरेको महासचिब निलकण्ठ तिवारीले जानकारी दिए ।