काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वास मत प्राप्त गर्न असफल भएका छन् ।
प्रदेश सभाको आजको बैठकमा उनले राखेको विश्वासको प्रस्तावमा विपक्षमा मतदान गर्नेको संख्या धेरै भएसँगै उनी असफल भएका हुन् ।
विश्वासको मतको पक्षमा २७ मत परेको थियो भने विरुद्धमा ३० मत परेको थियो। मतदानमा ५८ जना उपस्थित भएकोमा एक जना तटस्थ रहे।
गुरुङले राखेको विश्वासको प्रस्ताव दोस्रोपटक असफल भएको हो।
Facebook Comments Box