जनकपुरधाम । प्रदेश २ सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधवार साँझ नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका थिए।
नेपाली कांग्रेसबाट मन्त्रीहरु थपिएसंगै प्रदेश २ मा ९ सदस्यीय मन्त्रीमण्डल बनेको छ।
यस अघि ७ सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्री अतिरिक्त ६ मन्त्रीहरु थिए भने अब मुख्यमन्त्री अतिरिक्त ८ मन्त्री हुनेछन्।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागी भएको हो। संसदीय दलका नेता यादवलाई भौतिक पूर्वाधार यातायात तथा सिँचाई, वीरेन्द्र प्रसाद सिंहलाई महिला बालबालिका तथा खेलकुद र ओम प्रकाश शर्मालाई ऊर्जा तथा खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको छ।
कांग्रेसलाई सरकारमा सहभागी गराउनका लागि मुख्यमयन्त्री राउतले विभिन्न मन्त्रालयहरुलाई टुक्र्याएका छन्। उनले भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय टुक्रयाएका हुन्।