काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
उनलाई माओवादी केन्द्र, र एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले मत दिएका छन् ।
प्रदेशसभामा मत विभाजन हुँदा विश्वासको मतका पक्षमा ३० र विपक्षमा ९ मत परेका छन् । मुख्यमन्त्री भट्टलाई बहुमत पुर्याउन २७ सांसद आवश्यक थिए । १२ जना नेपाली कांग्रेसका सांसद भने मत विभाजनमा सहभागी भएनन् । उनीहर तटस्थ नै बसे।
प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेका २४ (सभामुखबाहेक), कांग्रेसका १२ र जसपाका २ सांसद छन् । तीमध्ये एमालेको नेपाल–खनाल समूहका १७ जना सांसद छन् ।
Facebook Comments Box