काठमाडाैं। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाको महन्थ ठाकुर पक्षका चारजना मन्त्रीलाई बर्खास्त गरेका छन्।
राउतले आफ्नो मन्त्रिमण्डलका सदस्यहरु जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्रीबाट बर्खास्त गरेको जसपा नेता मोहम्मद इस्तियाक राईले बताए।
यादव पक्षका मुख्यमन्त्री राउतले ठाकुर पक्ष ओली सरकारमा गए लगत्तै उनीहरुलाई बर्खास्त गरेका हुन्।
Facebook Comments Box