पोखरा- गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः बहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
थापाले आफूलाई कानूनविपरीत कारवाही गरिएको जनाउँदै पुनः बहाली गर्न माग गरेका हुन् । सो निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।
पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको जनाउँदै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।
Facebook Comments Box