विराटनगर। प्रदेश नं १ को प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ का लागि आह्वान भएको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले यही जेठ २४ गतेका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन्।
मुख्यमन्त्रीको कार्यालयमा आजै बसेको बैठकले उक्त दिन अपराह्न २ः०० बजे अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय थियो।
प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र प्रदेशसभा सचिवालयमा समेत पुगिसकेको छ।
Facebook Comments Box