धुलाबारी। हिमालयन बचत तथा ऋण सहकारी संस्था मेचीनगर ३ को छैठौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
२०६७ साल पौष १६ गते स्थापना भएको सो सहकारी संस्थामा हाल कुल १ हजार २४ जना सेयर सदस्य तथा रु ३५ लाख ३९ हजार ९ सय रुपया सेयर पुँजी रहेको छ । संस्थाको निक्षेप हिसाब १ करोड ८६ लाख २९ हजार ४ सय ७८ रुपया रहेको प्रतिवेदन मर्फत जनाईएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव लिला भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारी समन्वय समिति क्षेत्र नम्बर १ का संयोजक हिम्मत क्षेत्री, थोप्लेविरान सामुदायिक वन उपभोक्ता समितिका सचिव जानुका ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष दिपक भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा समिति संयोजक टेकेन्द्र खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव दामोदर पौडेलले र स्वागत सदस्य सुबास रिजालले गरेका थिए । कार्यक्रम मेची उद्योग वाणिज्य संघको सभाहल धुलाबारीमा सम्पन्न भएको थियो ।