बिर्तामोड । झापा गौरीगञ्ज गाउँपालिका २ लालमाटीबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ५ बजे लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र २४ बर्षीय कमल दाहाल रहेका छन् ।
उनीहरुले तरकारी बोकेको झोलाभित्र लुकाएको लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, विन स्पास्मो ४८–२८ ट्याब्लेट र नाइट्राभेट –३० ट्याब्लेट फेला परेको हो ।
पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भईरहेको जनाइएको छ ।
Facebook Comments Box