काठमाण्डौ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यम खालको वर्षा भएको मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार देशका सबैजसो ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यम खालको पानी परेको छ भने अन्य प्रदेशमा हल्कादेखि सामान्य वर्षा भएको छ ।
आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई छ । मौसमविद्का अनुसार भारतमा आएको चक्रवातको प्रभावका कारण विकसित भएको मौसमी प्रणालीका कारणले देशभर पानी परेको हो ।
यो प्रणाली उत्तर पूर्व सर्दै गरेकाले त्यस क्षेत्रमा ठूलो पानी पर्ने अनुमान छ ।
आज दिउँसो प्रदेश–१, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने राति कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमासमेत ठूलो पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।
Facebook Comments Box