सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ ।
कोरोना संक्रमणले अस्वस्थ्य हुनुभएकी चौधरीको उपचारका क्रममा विराटनगरमा मंगलबार बिहान ४ बजे निधन भएको नगरपालिकाका प्रवक्ता महानन्द चौधरीले जानकारी दिए ।
४० वर्षीया चौधरी २०७४ को स्थानयि तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।
Facebook Comments Box