काठमाडौं– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण काठमाडौंको सडकमा नागरिकले भोग्नु परेको सास्ती अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सरकारले राष्ट्रपति मुखर्जीको भ्रमण तामझामको बनाएपनि नागरिकले भने त्यति रुचाएका छैनन् ।

बुधबार सार्वजनिक बिदा दिएर आलोचना भोगेको सरकारले मुखर्जीको भ्रमणका बेला गाडीको ओहोरदोहोर रोक्दा थप आलोचना सहनुपरेको छ । सडकमा गाडी नचल्दा पाएको सास्तीबारे नागरिकले मात्रै होइन कलाकारले पनि सरकारको विरोध गरेका छन् ।
नायक राजेश हमालले भारतसँगको मित्रता नेपालका लागि भारी भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा हमालले लेखेका छन् ‘मित्र राष्ट्रका प्रमुख आफ्नो देशमा छँदा हामी कहाँ नाकाबन्दी, हाम्रो देशमा आउँदा कर्फ्यु… भारी पर्ने भो ।’

Facebook Comments Box