काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरिएको छ।
विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। अविश्वास प्रस्तावमा ४२ जना सांसदले हस्ताक्षर गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
उनीहरुले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्।
वैशाख ६ मा विपक्षी दलले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
यसअघि गत १९ गते अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। सोही दिन उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
Facebook Comments Box