काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी दुई दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन्। उनको आगमनमा सरकारले सार्वजनिक विदा दिएपछि सरकारको निर्णयको कडा आलोचना भयो।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै राजधानीका विभिन्न रुटमा सवारी आवागमन भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्।

कतिपयले भारतीय राष्ट्रपतिको आगमनमा सर्वसाधारणलाई फुटपाथमा हिँडन रोक लगाएर सरकारले लम्पसार दिवस मनाएको भन्दै व्यङग्य गरेका छन्। ट्वीटरमा लम्पसार दिवस ह्यासट्यागमा ट्रेन्डिङ समेत भएको छ। छिमेकीको आगमनमा रिसाउनु नहुने भएपनि नाकाबन्दीको पीडका कारण आक्रोशित बनेको तर्क गरेका छन्।
हेर्दाहेर्दै सरकारले #लम्पसार दिवस मनाउन पैदलयात्रीलाई पनि हिँड्न नदिने गरी कर्फ्यु लगाएछ !
-Lenin Banjade (@lendaai) November 2, 2016
सामाजिक सञ्जालमा भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको कडा आलोचना मात्र भएको छैन। कतिपयले पाहुना आउँदा रिसाउन नहुने भन्दै फेसबुक वालमा लेखेका छन्।
यद्यपी उनको भ्रणमले नाकाबन्दीको पीडा भुलाउन सकोस् भनेर केहीले टिप्पणी गरेका छन्। यस्तै मुखर्जीले नाकाबन्दी गरेको माफी मागेमा र सद्धभाव विथोल्ने काम भारतबाट नहुेन प्रतिवद्धता जनाएमा मात्र उनको भ्रमणले सार्थकता पाउने तर्क पनि कतिपयले गरेका छन् ।
स्वागत भारतका राष्ट्रपति नाकाबन्दी गरेकाेमा माफ मागेमा, हस्तक्षेपकारी नियत त्यागेमा, जातीय अागाे लगाउन बन्द गरेमा दुई देशकाे सद्भाव बढ्नेछ। — sarswati subba (@SarswatiSubba) November 2, 2016
सामाजिका सञ्जालमा भारतीय राष्ट्रपतिको आवागमनलाई लिएर प्रयोगकर्ताले कडा शब्दमा प्रतिवाद भइरेहको छ। मुखर्जीको भ्रमणमा आक्रोशित जनमतको कदर हुनुपर्ने आवाज पनि उठेको छ।
सामाजिक सञ्जालका सन्देश समाजको दृष्टिकोणको मोटोतस्विर हो। नेता/मिडिया/पत्रकार/लेखकले यस्तो उपयोगी सूचना बुझुन/मनन गरुन र जनभावनाको कदर गरुन! — Surya Raj Acharya (@SuryaRAcharya) November 2, 2016
थाहा खबर