कलैया । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा भएको दुर्घटनामा सशस्त्र प्रहरी जवानको ज्यान गएको छ ।
मंगलबार भएको दुर्घटनामा ज्यान जानेमा सशस्त्र प्रहरी बेस क्याम्प फुलगामा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान विनोदबाबु बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मोटरसाइकलमा वीरगन्जतर्फ जाँदै गर्दा विपरित दिशाबाट आउँदै गरेको ना १ त ६०३८ नम्बर ट्रयाक्टरमा मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान बस्नेतको उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेज, शिक्षण अस्पतालमा ज्यान गएको हो ।
Facebook Comments Box