काठमाडाैं । पार्टी ह्वीपविपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएर कारवाहीमा परेका ४ सांसद पदमुक्त भएका छन् ।
सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले दैलेखका अम्मर र थापा, कालीकोटका निर्वाचित कुर्मराज शाही, डोल्पाका नन्दसिंह बुढा, सल्यानका प्रकाश ज्वाला पदमुक्त भएको पत्र पढेर सुनाएका हुन्।
नेकपा एमाले कर्णाली प्रदेश सभा दलले आइतबार ‘फ्लोर क्रस’ गरेका उनीहरुलाई कारवाही गर्दै पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएको थियो। साेहीबमाेजिम साेमबारकाे बैठकमा सभामुख शाीहीले उनीहरुकाे स्थान रिक्त रहेकाे बारे जानकारी गराएका हुन् ।
याेसँगै कर्णाली प्रदेशसभा ३५ सदस्यीय बनेको छ। जसका नकेपा एमालेका १६ (सभामुखसहित), माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन्।
पदमुक्त भएसँगै उनीहरुकाे मन्त्रीपद स्वतः गएकाे छ । फ्लोर क्रस गरेका उनीहरुलाई पार्टीले कारवाहीकाे सिफारिस गरेलगत्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमा नियुक्त गरेका थिए ।