भद्रपुर । झापाको दमक-१५ स्थित तेजनाथ दाहालको घरमा अाइतबार विहान विधुत सर्ट भइ अागलागी भएको छ।

सिटी रिक्सा चार्ज गर्ने क्रममा घरमा आगाे लाग्दा नगद २० हजार, टिभी, मोटरसाइकल, सिटी विद्युतीय रिक्सासहित टिनको छानो भएको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राजन लिम्बुले जानकारी दिए ।
आगलागीबाट ५० लाख मुल्य बराबरको क्षतीभएको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
विहान ४ वजेतिर भएको आगलागी दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दाले एक घण्टापछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box