काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् ।
शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिएर आफ्नो पद जोगाएका मुख्यमन्त्री शाहीले फ्लोर क्रस गरेरै भएपनि मत दिएका एमालेका तीन सांसदलाई समेटेर मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन् ।
शाहीले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएमा नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।
मन्त्रीमा नियुक्त भएका तीनै जनालाई नेकपा एमाले कर्णाली प्रदेश कमिटीले शनिबार नै साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरिसकेको छ भने, सांसद पद रिक्त रहेको जानकारी पनि सचिवायलयमा दिने तयारी गरेको छ ।
Facebook Comments Box