शिवसताक्षी । नेपाल आदिबासी जनजाति संघ शिवसताक्षी नगर समितिले शिवसताक्षी-७ स्थित आदिबासी–जनजाति जिल्ला सामुदायिक भवनमा दीपावली तथा छठ पर्व २०७३ र नेपाल सम्वत् ११३७ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल आदिबासी जनजाति संघ झापा जिल्ला सभापति चन्दन मेचेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस पुर्व महासममिति सदस्य सनतोष कुमार मेन्याङ्गबो, महाधिवेशन प्रतिनिधि शिवकुमार योङया, नेपाल तरुल पुर्व केन्द्रिय सदस्य नारायण दुङ्गाना, शिवसताक्षी नगर समिति सभापति पर्शुराम ढुङ्गाना, नेपाल आदिबासी–जनजाति संघ जिल्ला सदस्य केशवकुमार ताम्राकार, क्षेत्रिय प्रतिनिधि सुुरज लक्सम र फुलकुमारी चौधरी, शिवसताक्षी ७ का वडा सभापति अशोक बस्नेत, सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बा लगायतले बोलेका थिए ।
नगर सभापति जगत तुम्बापोको सभापतित्व तथा नगर सदस्य रामदेव चौधरीको स्वागत रहेको कार्यक्रमको सञ्चालन नेपाल आदिबासी जनजाति संघ केन्द्रिय महाधिवेशन प्रतिनिधि कु्मार साँवाको रहेको थियो ।