दमक । दमक नगरपालिका वडा नम्बर १२ मा जनसेवा टोल विकास संस्था स्थापना गरिएको छ । रतुवा खोला छेउमा रहेको टोलका बासिन्दालाई समेटेर जनसेवा टोल विकास संस्था स्थापना गरिएको हो ।
अब वडा नम्वर १२ मामात्रै टोल विकास संस्थाको संख्या २५ वटा पुगेको जनसेवा टोल विकास संस्थाले जनाएको छ ।
नवगठित टोल विकास संस्थाको अध्यक्षमा श्यामकुमार कार्की, उपाध्यक्षमा हिमप्रसाद राई, सचिवमा शर्मिला लिम्वू, सहसचिवमा भूपाल कार्की र कोषाध्यक्षमा लाक्पा शेर्पा सर्वसम्मत चयन भएका छन् ।
यस्तै मन्जु तामाङ, कविता लिम्बू, कल्पना कटुवाल, गोरे शेर्पा, पूर्ण रानामगर र पुनम भुजेलले सदस्यको जिम्मेवारी लिएका अध्यक्ष कार्कीले घोषण गरे ।
जनसेवा संस्थाको उद्घाटन गर्ने क्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले स्थानीय दलित तथा विपन्न मानबहादुर विश्वकर्मालाई एकएक थान सिरक, झुल, ब्लाङ्केट प्रदान गरे ।
यस्तै दिपक भुजेल, बिनोद मल्लिक, दिलमाया गुरुङ र चेम्वा तामाङलाई नवस्थापित संस्थाका अध्यक्ष कार्कीले एक–एकवटा झूल बितरण गरेका छन् ।