गरामनी / झापाको गरामनी–९, तेलगानीमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको छ । विहीबार कार्यक्रमका प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका प्रमुख मधुसुधन कोइरालाले इकाईको उद्घाटन गरे ।
नेकपा मओवादी केन्द्रका केन्द्रीय सदस्य सीपी कडरियाको विशेष आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका झापा जिल्ला सचिवालय सदस्य श्री सिटौलाले गरेका थिए । कार्यक्रम गाविस सचिव लोकराज बरालको अध्यक्षतामा भएको थियो ।
इकाईमा ३९ प्रकारका औषध र निःशुल्क सरकारी सेवा प्रदान गरिने बताइएको छ । इकाईमा एक जना ईञ्चार्ज अहेब, एक अनमी र एक जना कार्यालय सहायक रहने जनाइएको छ ।
शुक्रबार देवी उच्च मावि, विर्तामोड–६ नजिकै र विर्तामोड–७ को आनन्दगजमा सहरी स्वास्थ्य केन्द्र उद्घाटन हुँदैछ ।
Facebook Comments Box