झापा । सामुदायिक वन उपभोक्ता महासङ्घ झापा अध्यक्षमा वेदप्रकाश भण्डारी सर्वसम्मत चयन भएका छन् ।
महासङ्घको छैँटौँ जिल्ला सम्मेलनबाट आगामी चार बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।
समितिको उपाध्यक्षमा हंसलाल राजवंशी, महासचिवमा पुष्पा भण्डारी, सचिवमा भवानी खतिवडा र कोषाध्यक्षमा शारदा बराल चयन भएका छन् ।
२८ सदस्यीय कार्य समितिको सदस्यमा खिम आङ्बो, हिमा मगर, युवराज लोहार, इन्द्र कोइराला, दुर्गा दाहाल, प्रमिला डाँगी, देवेन्द्र रिसाल, प्रेम घिमिरे, लालबहादुर ढुङ्गाना छन् ।
त्यस्तै सदस्यमा चेतराज भट्टराई, कृष्णबहादुर तामाङ, सविता गुरुङ, घनश्याम खनाल, हिरा पोखरेल, कृष्णामाया चौधरी, दिलमाया सुब्बा, हिमालय दाहाल, टीका पोखरेल, गीता भण्डारी छन् ।
समितिको पहिलो बैठकले चार महिला सदस्य मनोतिन गर्ने बताइएको छ । महासङ्घको गत शनिबार सुरुङ्गाको जामुनखाडीमा अधिवेशन भएको थियो ।
नयाँ कार्य समिति चयनका लागि सर्वसम्मत प्रक्रिया बन्द सत्रमा बढाइएको थियो । अन्ततः नयाँ कार्य समिति सोमबार चयन भएको हो ।