बिर्तामोड । वातावरण संरक्षण मञ्च (इसीएफ) नेपालले विराटपोखर पर्यटकीय क्षेत्रमा बिरुवा गोडमेल तथा रंगरोगन गरेको छ ।

विराटपोखर क्षेत्रमा गत वैशाख १० गते पृथ्वी दिवसको अवसरमा इसीएफ नेपाल, जिल्ला वन कार्यालय झापा, बिर्तामोड नगरपालिका र विराट सरोवर बहुउद्देश्यीय विकास समितिले संयुक्त रुपमा वृक्षारोपण गरेको थियो ।
विभिन्न प्रजातिका ४५ वटा बिरुवाहरु रोपिएको जानकारी दिँदैे संस्थाले नियमित रुपमा हेरचाह गर्दै आएको इसिएफका उपाध्यक्ष रमेश राजवंशीले बताए ।
वृक्षारोपण गरिएको समाचारहरु धेरै सन्ने गरिएको भएपनि वृक्षारोपणपछि हेरचाहको अभावमा अधिकांश बिरुवाहरु मर्ने गरेकोले मञ्चका सचिव नविन कोइरालाले भनेः हामी थोरै रोप्छौ तर हुर्काएरै छाड्छौं । हामीले रोपेको बिरुवाहरु अहिले ४ फिट भन्दा अग्लो भएका छन्– कोइरालाले थपे ।
मञ्चका सहयोगी सल्लाहकार दिलिपकुमार उप्रेती (सुमन)को जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा बिरुवाको गोडमेल, ट्रि गार्डको रंगरोगन तथा बिरुवाको आसपासमा सरसफाई गरिएको थियो ।
जन्मदिनकै अवसरमा संस्थालाई पोर्टेबल साउण्ड सिस्टम सहयोग गरिएको र आगामी दिनहरुमा पनि वातावरण संरक्षणमा सहयोग गर्ने उप्रेतीले प्रतिबद्धता जनाएका मञ्चका कार्यसमिति सदस्य रोशन लामाले बताए ।