झापा । कनकाई नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव ४ दिनपछि भेटिएको छ । शनिबार साथीहरुसँग पौडी खेल्न गएका कनकाई-१ का १४ वर्षीय सुजन ढकालको शव मंगलबार फेला पारिएको हो ।
ष्घटनास्थलबाट करीब ३६ किलोमिटर तल कुमरखोद भन्ने स्थानमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
‘शवलाई बालुवाले पुर्न लागेको देखिन्थ्यो’, मृतकका आफन्त चन्द्र बस्नेतले भने, ‘थोरै कपाल मात्र देखिने अवस्थामा शव भेटिएको छ ।’
कनकाई मावि, सुरुङ्गाको कक्षा १० मा अध्ययनरत उनी अन्य साथीहरुसँग शनिबार दिउँसो पौडी खेल्न शिवसताक्षी(५, टेक्रा नजिकै रहेको माइखोलामा पुगेका थिए ।
Facebook Comments Box