हिटर, पंखा र नाइटभिजन लाइटको पनि सुविधा
नेपालगन्जः नेपालमै कार जस्तै अटो रिक्सा नेपालगन्जमा भित्रिएको छ ।
पछिल्लो समयमा ब्याट्रीबाट चल्ने रिक्साहरुले स्थान पाइरहेका बेला सुविधासम्पन्न कार जस्तै ब्याट्री र जेनेरेटर दुबै सुुविधा भएको रिक्सा नेपालगन्जमा आएको हो ।
बागेश्वरी इनटरनेश्नल प्रालिका प्रवन्ध निर्देशक उदयसिंह श्रेष्ठका अनुसार कार जस्तै हिटर, पङ्खा, एलसिडी क्यामेरा र नाइट भिजन लाइटसहितको अटो रिक्सा नेपालगन्ज ल्याइएको हो ।
जाडो सिजनमा यात्रुहरुलाई हिटरको सुविधा घाम, पानी, हावा हुरी धुलो धुवाबाट बच्न सकिने सुविधायुक्त कार जस्तेै रिक्सा नेपालमै पहिलो पटक नेपालगन्जमा ल्याइएको प्रवन्ध निर्देशक श्रेष्ठले बताए ।
नेपालभरकै आधिकारिक विक्रेता बागेश्वरी इटरनेश्नलले नेपालगन्ज भित्र्याएको सो अटो रिक्सा जस्तोसुकै उकालोमा पनि सजिलै जान सक्ने जेनेटरको सुविधा भएकोले उक्त अटो रिक्साको माग अत्याधिक रहेको निर्देशक श्रेष्ठको भनाई छ ।
उनले उक्त रिक्सामा रहेको जेनरेटरले ब्याट्रीलाई आफै चार्ज गरिरहने भएकोले लामो दुरीमा समेत रिक्सालाई लैजान मिल्ने बताए ।
राति विद्युतमा चार्ज गरिएपछि दिनभरी जेनरेटरले आफैँ ब्याट्री चार्ज गर्ने सिस्टम उक्त रिक्सामा रहेको छ ।
सस्तो शुलभ मुल्यमा विक्री वितरण गरिएपछि एक दर्जन बढी ल्याइएको कार जस्तै रिक्साको नेपालभर माग भएकाले अरु थप ल्याउने तयारी भइरहेको समेत निर्देशक श्रेष्ठले जनाए ।
पश्चिम नेपालका बाँके लगायतका बर्दिया, कैलाली, कन्चनपुर, दांग र सुर्खेतमा समेत सो रिक्साको माग अत्याधिक भएपछि आफु निकै उत्साहित भएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
६ दिनकै अवधीमा नेपालगन्जमा मात्र ४ वटा बिक्री भइसकेको र अन्य पनि बुुक भइरहेको उनले बताए ।
रिक्साको मूल्य ४ लाख रहेको तथा जेनरेटर पनि लिएमा ४ लाख ७५ हजार तिर्नुपर्ने जनाउँदै उनले ३ लाख नगद दिएमा बाँकी १ लाख ७५ हजार कम्पनीले १० महिनाका लागि फाइनान्स सुविधामा उपलब्ध गराउने ब्यवस्था समेत मिलाएको जनाए ।
पूर्वी नेपालका विराटनगर, वीरगन्ज लगायतका ठूला शहरमा डिलर आह्वान गरिएकोले छिट्टै सो क्षेत्रमा पनि उक्त रिक्सा पुर्याउने तयारी भैरहेको वागेश्वरी इनटरनेश्नल प्रालिले जनाएको छ ।
