काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने गरि बैठक डाकिएकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ ।
आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने बताइएकाे छ । त्यसका लागि कार्यव्यवस्था समितिमार्फत कार्यसूचीमै याे विषय राख्न लगाउने प्रचण्ड नेेपाल समूहकाे याेजना रहेकाे छ ।
मुख्यमन्त्री पौडेलविरुद्ध ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
Facebook Comments Box