विराटनगर । विराटनगर–२० स्थित हुलास मेटल चौकबाट आइतबार बिहान लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ सुन्दरदुलारी – ३ गछिया बस्ने २३ वर्षिय सुमन सुब्बा छन् ।
बिहान १० बजे भारतीय जोगबनी बजारबाट विराटनगर आउँदै गरेका सुब्बाको साथबाट ६० पिस नाइट्रोसन ट्याब्लेट बरामद भएको छ ।
पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय, रानीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Facebook Comments Box