काठमाडौं । नेकपाभित्रको विवादको असर प्रदेशमा पनि पर्ने क्रम जारी छ ।
सोही अन्तर्गन प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।
प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश २ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराइएको छ।
नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।
Facebook Comments Box