काठमाण्डाैं । अन्तर्राष्ट्रिय फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको एउटा फोटोका कारण बौद्धमार्गीहरू विरोधमा उत्रिएका छन्। जसमा सबैभन्दा ठूलो विरोध उनको नेपाली समर्थकबाट भइरहेको छ। पोर्चुगाली राष्ट्रिय फुटबल टिमका कप्तानसमेत रहेका रोनाल्डोले आफ्नो इन्स्टाग्राममा शान्तिको दूत गौतम बुद्धको मूर्तिको घेरामा खुट्टा राखेको फोटो पोस्ट गरेका थिए।
![]()
यसले बौद्धमार्गीको आस्थामा ठेस पुगेको भन्दै रियल म्याड्रिडका महंगा स्ट्राइकरविरूद्ध चौतर्फी विरोध सुरु भएको छ। उनको यो फोटोलाई मन पराउने १२ हजार छन्। जसमा नेपालका शुभम पाण्डेले आफ्नो असन्तुष्टी व्यक्त गर्दै लेखेका छन्– ‘यो अनादार हो… कसरी उनले गौतम बुद्धकोमा खुट्टा राख्न सक्छन….रोनाल्डोबाट मैले यस्तो मुख्र्याइँको अपेक्षा गरेको थिइन….सर तपाईले आज आफ्नो एउटा समर्थक गुमाउनु भएको छ। यो दुःखद छ।’
अरुको आस्थामा खेलवाड गरेको भन्दै रोनाल्डोको फोटोमा प्रतिक्रिया जनाउनेमा श्रीलंकाका इरान्दा लेस्नार रनासिङ्गे पनि छन्। उनले रोनाल्डोको पोस्टमा लेखेका छन्, ‘रोनाल्डोले आफ्नो समर्थक गुमाएका छन् भर्खरै। तिमीले भगवान बुद्धको मूर्तिमा खुट्टा राख्न हुँदैन्थ्यो। मुर्ख मान्छे। हामीले तिमीबाट यस्तो अपमानजनक व्यवहारको आशा गरेका थिएनौं।’