काठमाण्डाैं । राजधानी उपत्यकाका विभिन्न विद्यालयमा बम विस्फोट गराउने समूहका संयोजक र महासचिवलाई प्रहरीले पक्राऊ गरेको छ। बम विस्फोट गराउने क्रान्तिकारी कम्युनिस्ट केन्द्रका महासचिव केशव देवकोटा र तिनको विद्यार्थी संगठनका संयोजक मिन देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यी दुवैलाई विहीवार राति काभ्रेबाट पक्राऊ गरिएको प्रहरीले जनाएको छ। माओवादीका पूर्व लडाकूहरु सम्मिलित भएर देवेन्द्र सिंहको नेतृत्वमा क्रान्तिकारी कम्युनिस्ट केन्द्र नामक पार्टी खोलेका छन्।
यी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपालको नाममा बम विस्फोटसहित विभिन्न गतिविधि गर्दै आएको छ। अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
गत असोज ४ मा राजधानीका विभिन्न विद्यालयमा यो संगठनले बम विस्फोट गराएका थिए। बम विस्फोट गराउने ६ जना अहिलेसम्म पक्राऊ परिसकेका छन्।