काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानसहितको विधान पारित गरेको छ। संशोधित विधान पारित भएसँगै वरिष्ठ उपाध्यक्ष भवानी राणा महासंघको आगामी कार्यकालको अध्यक्ष बन्ने पक्का भएको छ।

महासंघको बिहीबार बोलाइएको विशेष साधरण सभाले संशोधित विधान पारित गरेहो हो। ‘महासंघले संशोधन गरेको विधान विशेष साधरण सभाले पारित गरेको छ’, महांघका प्रतिनिधि प्रवलजंग पाण्डेले भने, ‘आउँदो कार्यकालदेखि नै यो विद्यान कार्यान्वयन हुने छ।’ अब महासंघमा वरिष्ठ उपाध्यक्ष र त्यस भन्दा तलका पदमा मात्रै चुनाव हुने छ।
महासंघको आगामी चैतमा हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ। महासंघको विशेष साधरण सभाबाट विधान संशोधन गर्न नमिल्ने भन्दै उच्च अदालतमा रिट दायर भएको थियो। महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारिणी सदस्य गोपाल घिमिरले दायर गरेको रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने फेसला गरेपछि विधान संशोधनको बाटो खुलेको हो। (साभारः थाहा खबर)