काठमाडौं, ४ कात्तिक – पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला वर्षहरूमा नेपालको राजनीतिक गतिविधि ठिक नभएको टिप्पणी गरेका छन् । उनले विश्व हिन्दु महासंघले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै देशमा राजनीतिक कारणले गर्दा बाह्य हस्तक्षेप, जनतामा निराशा र देश नै गन्तब्यहीन यात्रामा लागेको टिप्पणी गरे । उनले अहिलेको अवस्था कसरी सिर्जना भयो भनेर सोच्नु पर्ने बेला आएको समेत बताएका छन् ।

‘यसका कारक तत्वहरू के–के हुन, प्रश्न गर्ने बेला आएको छ,’ उनले भने । साथै उनले नेपाल र नेपालीको दर्शनलाई नयाँ बाटो र नयाँ सोच समेत चाहिएको उनले बताए । उनले नेपाल पुरानै बाटोबाट अगाडी बढोस् भन्ने आफ्नो चाहना रहेको समेत उनले बताए । राष्ट्रप्रतिको दायित्व आजको सन्दर्भमा निकै महत्त्वपूर्ण विषय भएको समेत उनले बताए ।
कार्यक्रममा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहको जय होस्’ भनेर भीडले नारा समेत लगाएको थियो ।